साझाले ल्यायो २० वटा बस, कुन कुन रुटमा चल्दैछन् ?

साझाले ल्यायो २० वटा बस, कुन कुन रुटमा चल्दैछन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं – साझा यातायातको थप २० वटा बस काठमाडौं आइपुगेका छन् । साझा यातायातसहित काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा यी बस ल्याइएका हुन् ।

यी बस किन्न काठमाडौं महानगरपालिकाले साझालाई नयाँ बस किन्ने गरी ५ करोड रुपैयाँ दिएको थियो । ललितपुर महानगरपालिकाले पनि एक करोड सेयर लगानी गरेको छ ।

नयाँ बस केही हप्ताभित्रै काठमाडौंमा चल्न सुरु गर्ने साझा यातायातले जनाएको छ । साझाका कार्यकारी निर्देशक भुषण तुलाधरले अब कम्पनीबाट हस्तान्तरणसहित रुट लिने प्रक्रिया अघि बढ्ने बताए ।

साझाका अनुसार काठमाडौंको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप २० ठूला बस ल्याएको हो ।

कार्यकारी निर्देशक तुलाधरले हाल चलिरहेकै रुटमा बस थप्न प्राथमिकता दिने बताए । आवश्यक देखिए केही नयाँ रुटमा पनि सेवा थाल्ने उनको भनाई छ ।

यी बस पनि अन्तर्रा्ष्ट्रिय युरो–४ मापदण्ड अनुरुपका सबै बस अपांगमैत्री भएको साझाले जनाएको छ । जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ ।

यस्तै ३ नम्बर प्रदेशको सरकारले साझा यातायातसँग ३० करोड रुपैयाँ बराबरको शेयर किन्ने तय भइसकेको छ । यो रकमबाट साझाले प्रदेशका पाँच शहरमा विद्युतीय बस चलाउनेछ ।