विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवेकशील साझा पार्टीको महाधिवेशन सरेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण महाधिवेशन स्थगित गर्नुपरेको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले काठमाण्डुपाटीलाई जानकारी दिए । उनले कोरोनाको कहर नियन्त्रणमा नआउञ्जेलसम्म महाधिवेशन स्थगित भएको जानकारी दिए ।

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मंसिर २४ गते एकता भएको थियो । दुवै पार्टीबीच एकता भएको ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गर्ने सहमति भएको थियो ।

उनले हाल प्रतिकूल अवस्था रहेको र विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी रहेकाले पार्टीका गतिविधि गर्न समस्या हुने साथै सरकारलाई सहयोग गर्न आफूहरुले महाधिवेशन स्थगित गर्नूपरेको बताए ।

‘कोरोनाको कहर कहिलेसम्म टुंगिन्छ त्यसअनुसार हामीले निर्णइ गर्छौं । पार्टी नेतृत्व चयन गर्ने भन्दा पनि कोरोना नियन्त्रणमा सहयोग गर्ने हाम्रो नीति हो । दुई तिन महिना हेर्छौं त्यसपछि अवस्था कस्तो हुन्छ त्यही अनुसार अगाडि बढ्छौं’, उनले भने ।