काठमाडौं – साझा पार्टीले संसदमा विचाराधीन अवस्थामा रहेको सूचना प्रविधि विधेयक फिर्ता लिन माग गरेको छ ।
सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना पार्टी र आसेपासेहरुको हित हुने काम गरेको आरोप लगाए ।
आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दशकौंको संघर्षपछि प्राप्त उदार लोकतन्त्रको अवधारणालाई सत्तासिन भएदेखि नै अनुदार लोकतन्त्रतर्फ उन्मुख गराउँदै आफू र आफ्नो पार्टी, आफ्ना आसोपासेहरुको हित र आम सर्वसाधारणको अहित हुने काम कम्युनिष्ट सरकारले बारम्बार गर्दै आएको छ ।’
उनले यो विधेयक पारित भएमा सामाजिक सञ्जालमा नियमन होइन नियन्त्रण कायम रहने बताएका छन् ।
साथै, उनले वर्तमान छापाखाना तथा प्रकाशन ऐन, राज्य विरूद्धको अपराध ऐन, विद्युतीय कारोबार ऐन र गाली बेइजज्जतीसम्बन्धी कसुरमा भएको सजायाहरूभन्दा नयाँ ल्याइएको विधेयका सजायाहरू असामान्य र अत्यधिक रहेको बताए ।
साझाले सरकारले विधेयक नसच्याए सडकमा ओर्लिने चेतावनी दिएको छ ।




प्रतिक्रिया