सजिलो डाइनको डिजिटल क्यूआर मेन्यु,होटल तथा रेस्टुरेन्टमा सजिलै अर्डर गर्न सकिने

सजिलो डाइनको डिजिटल क्यूआर मेन्यु,होटल तथा रेस्टुरेन्टमा सजिलै अर्डर गर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु – विश्व बजार हिजो आज मानव रहित सुविधा वा डिजिटलाईज हुने क्रममा अघि बढिरहेको छ । बढ्दो प्रविधिको प्रयोग संगै हरेक क्षेत्रमा गरिने कामहरु छिटो छरितो र भरपर्दो सुविधाका लागि डिजिटल प्रविधि पछिल्लो समय तपाई हामी विच लोकप्रिय हुदैछ त्यसको एक उदाहरण हो ।

पछिल्लो समयको कोभिड–१९ ले सृजना गरेको महामारीको विच संचालमा आएको सजिलो डाइन होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरुमा सामाजिक तथा भैतिक दुरी कायम गर्दै वयेटर विना आफ्लाई चाहेको मेन्यू अर्डर गर्न सकिने ई–मेन्यु हो सजिलो डाइन ।

सजिलो डाइन ले उच्चतम प्रविधिको प्रयोग गर्दै होटल तथा रेस्टुरेन्टमा खाना तथा नास्ता गर्न जाने ग्राहक र सर्भिस कम्पनीलाई सहज हुनेगरी डिजिटल क्यूआर स्क्यानर मेन्यू उपलब्ध गराएको हो ।

सजिलो डाइन होटल तथा रेस्टुरेन्टका लागि उपलब्ध गराइएको एक डिजिटल क्यूआर स्क्यानर मेन्यू हो । यो प्रयोग गर्न समेत एकदमै सहज र सरल छ ग्राहकले आफ्नो टेवलमा रहेको क्यूआर कोडलाई आफ्नो मोवाईनमा रहेको जुनसुकै क्यूआर स्क्यानरले स्यान गरी उक्त होटल तथा रेस्टुरेन्टमा उपलव्ध आजका मेन्यूहरु आफ्नै मोवाईलमा देख्न र चाहेको परिकार तत्कालै अर्डर गर्न सक्नेछन् भने अर्डर मेन्युको मूल्य समेत थाहा पाउन सक्नेछन् ।

ग्राहकले गरेको अर्डर सफ्वयरको माध्यमबाट सिधै सर्भिस दिने कम्पनीको एड्मिन र किचनमा पुग्दछ । जसले गर्दा ग्राहकले बेटर पर्खनु पर्ने झन्झटबाट मुक्त पाउने छन् भने अर्का तिर समयको बचत हुनेछ ।

कम्पनीका संचालकका अनुसार “नेपालका बैंकिङ, शिक्षा, विमा, सपिङ सेन्टरहरु आदिमा रकम भुक्तानीको लागि प्रयोगमा आएको क्यूआर स्क्यानर होटल तथा रेस्टुरेन्टको मेन्यू स्क्यानका लागि प्रयोगमा ल्याएको भने नेपालमा नै यो पहिलो पटक हो ।”

राजधानिका विभिन्न १ सय भन्दा बढि होटल तथा रेस्टुरेन्ट तथा पे.पे. पिज्जा का सबै शाखाहरुमा संचालमा आई सकेको सजिलो डाइन सफ्टयोयर प्रयोग गर्न चाहने जुनकुनै होटल, रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रका व्यवसायीहरुले न्यूनतम शुल्कमा नै यो सुविधा प्रयोग गर्न सक्ने छन् जसका लागि यो सेवा प्रयोग गर्न चाहने कम्पनीले वार्षिक मात्र ३ हजार रुपैयाँ मात्र तिरे पुग्छ ।

“इ–मेन्यू हाल बजारको अत्यावश्यक माग थियो जुन सजिलो डाइन सुरु गरेको छ, हुनत हाल बजारमा हाम्रौ नक्कल गर्दै अन्य कम्पनीहरु पनि नआएका हैनन् तर हामी अरु भन्दा फरक छौं, हामी संग एड्भान्स टेक्नोलोजी र दक्ष प्रविधिको अनुभव छ । झन्झट रहित छिटो सेवा तथा गुणस्तरिय सुविधा नै आजको आवश्यकता हो । आजको दिनमा जस्ले छिटो झन्झट रहित सेवा तथा सुविधा प्रदान गर्दछ त्यो नै बजारमा उत्कृष्ट ठहरिन्छ । त्यसैले होटल, रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा मेन्यू अर्डरको लागि एउटा विकल्प हो सजिलो डाइन।” कम्पनी संचालक बताउँछन ।