२२ वर्षअघि निजामति प्रवेश गरेका अधिकृतको आम्दानी १० करोड, जेठानको खातामा पैसा !


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरमा कार्यरत अधिकृत बद्री ढकालविरुद्ध १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार ढकाल २०५४ सालमा शिक्षक हुँदै २०५५ सालबाट निजामती सेवामा प्रवेश गरेका थिए ।

नासु हुँदै हाल उनी ललितपुर मालपोत कार्यालयमा शाखा अधिकृतको रुपमा कार्यरत रहेका छन् । उनी तनहुँ, कास्की, डिल्लिबजार काठमाडौं, पर्सासमेतका मालपोत कार्यालयहरुमा कार्यरत रही हाल मालपोत कार्यालय लगनखेलमा काम गरिसकेका छन् ।

निजामति सेवामा प्रवेश गरेपछि ढकालले साली, जेठान लगायतका बैंक खाताबाट कारोबार गर्ने गरेको पनि अख्तियारले जनाएको छ ।

अख्तियारले उजुरीका आधारमा गरेको अनुुसन्धानमा ढकालले सेवाअवधिमा आर्जन गरेको १४ करोड ५३ लाख ८२ हजार ४ सय ९८ रुपैयाँमध्ये १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेर खर्च गरेको भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement