काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी रुपमा फैलिएको सलह किरा नियन्त्रण तथा रोकथामको माग गर्दै संकल्प प्रस्ताव दर्ता गराएको छ ।
सलह किरा नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्दै बिहीबार संसदमा संकल्प प्रस्ताव दर्ता भएको हो ।
नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सलह किरा नियन्त्रण तथा बालीनाली जोगाउन प्रभावकारी कदम चाल्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गराएकी हुन् । उनको प्रस्तावमा पद्म नारायण चौधरी र मीना सुब्बाले समर्थन गरेका छन् ।
केन्याबाट सोमालिया, तान्जानिया, युगान्डा, दक्षिणी सुडान, इथियोपिया, खाडी मुलुकहरु, इरान, पाकिस्तान हुँदै भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपाल भित्रिएका सलह किराले विशेषगरी कृषक वर्गलाई संकटमा पारेको भन्दै कांग्रेस सांसदहरुले संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
यो किराले विश्वको २० प्रतिशत भूभाग र एक दशांश जनसंख्यालाई यसले चुनौती दिन सक्ने आँकलन छ ।
‘कुनै पनि रोगव्याधि, किटाणु र किरा फट्ङ्ग्रा आदिले समेत मानिस लगायत बालीनालीमा पु¥याउने असरलाई कुनै एक देशमा देखिनुका साथ पूर्वानुमान हुँदाहँुदै पनि सतर्कता नपनाउँदा ठूलो नोक्सान व्यहोर्नुपरेको अवस्था छ । त्यसतर्फ सरकारलाई सचेत र सजग बनाउनका लागि’, संकल्प प्रस्तावमा भनिएको छ, ‘सलहको बथानलाई रोकथाम र नियन्त्रण गर्ने प्रक्रिया अवलम्बन गर्न । स्थानीय कृषक, प्राविधिक विशेषज्ञ, तीन तहका सरकारका अंगहरु परिचालित भै किरा नष्ट गर्न र खाद्यान्य बालीनालीको क्षति नहुन दिन विशेष कार्यक्रम सञ्चालन गर्न ।’
उनीहरुले कृषि क्षेत्र नै भरपर्दो क्षेत्र भन्दै आएको सन्दर्भका एक्कासी सलहको बथानले कृषि बालीमा पु¥याएको क्षति एवं कृषकलाई मानसिक र आर्थिक रुपमा पु¥याएको नोक्सानीलाई सरकारको तर्फबाट अभिभावकत्व निर्वाह गरी क्षतिपूर्ति समेतको व्यवस्था गर्न पनि माग गरेका छन् ।
भारतको सीमा क्षेत्र हँुदै मुलुकको अन्नभण्डारको रुपमा रहेको मधेस÷तराईबाट प्रवेश गरेको सलह अहिले पहाडी र हिमाली क्षेत्रमा समेत प्रवेश गरिसकेको छ । तराईको भूभाग सर्लाही, पर्सा, बारा, रुपन्दहेही, कपिलवस्तु, पाल्पा, महोत्तरी, सिन्धुली, रामेछाप, रौतहट, मकवानपुर, चितवन, काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, स्याङ्जा, दाङ, प्युठान, गुल्मी, कास्की, पाँचथर, तेह्रथुम, खोटाङ, कैलाली, डडेल्धुरा र सिन्धुपाल्चोक गरी करिब ५२ जिल्लामा प्रवेश गरिसकेको छ ।







प्रतिक्रिया