काठमाडौं – प्रदेश नम्बर २ को सरकारले सलह किरा नियन्त्रण गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय निकाय तथा विज्ञहरूका सुझावका आधारमा सलह किरा नियन्त्रणका लागि कार्ययोजना बनाएको जनाएको छ ।
प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले प्रेस विज्ञप्ती जारी गर्दै सलहको नियन्त्रणका लागि थाल, ड्रम र विषादी छर्कन सकिने बताएका छन् । मन्त्री शाहले प्रदेश २ मा मनसुन सुरु भइसकेकाले यसको थप प्रवेश र फैलावट कम हुने बताएका छन् ।
‘मरुभूमि क्षेत्रमा यसको प्रकोप बढी हुने हुँदा नेपालमा भने यसको वृद्धि त्यतिसारो नहुने विज्ञको धारणा छ,’ विज्ञप्तीमा लेखिएको छ यी किरालाई बालीनाली र रुख बिरुवा भएका क्षेत्रबाट धपाएर चरन क्षेत्रमा पठाउन सकिए क्षति न्यूनीकरण गर्न सकिने हुँदा धपाउन थाल, ड्रम आदि ठटाउने जस्ता उपायका साथै विषादी छर्कन किसान दाजुभाइ दिदीबहिनीहरूको ध्यानाकृष्ट गराउन चाहन्छु ।’
सलह किराको नेपाल प्रवेश भएको सूचना प्राप्त हुनासाथ यस किराको उपस्थिति देखिएको क्षेत्रमा मन्त्रालयका सचिव डा. विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव, प्रदेशका कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशकसहितको टोलीलेनियन्त्रणका उपायबारे किसानहरूसँग अन्तक्रियासमेत गरेको विज्ञप्तीमा जनाइएको छ ।




प्रतिक्रिया