सलह नियन्त्रणबारे छलफल गर्न प्राविधिक समितिको बैठक सुरु

सलह नियन्त्रणबारे छलफल गर्न प्राविधिक समितिको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा सलह किराको प्रकोप फैलिएपछि सरकारले गठन गरेको प्राविधिक समितिको बैठक सुरु भएको छ । शनिबारबाट नेपाल प्रवेश गरेका सलहको समूह १२ वटा जिल्लामा फैलिएपछि सरकारले हिजो नै समिति गठन गरेको थियो ।

समितिको बैठकले ठूलो संख्यामा नेपाल भित्रिएका सलह किरा कसरी नियन्त्रण गर्न सकिन्छ भनेर छलफल थालेको हो । करिब एक महिना अघि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईं नेतृत्वको प्राविधिक टोलीले  नेपालमा सलहको संकट टरेको निष्कर्ष निकालेको थियो । हरियो बोट बिरुवा तथा अन्नबाली नष्ट गर्ने यो किरा बारा, पर्सा सर्लाही सिन्धुली हुँदै पश्चिमका अधिकांश जिल्लामा फैलिएको छ ।

मौसम विभागले आइतबार र सोमबार पश्चिमतर्फ लाग्न सक्ने भएकाले त्यस क्षेत्रमा यसले क्षति पु¥याउन सक्ने अनुमान गरेको छ । बुटवलबाट उत्तरपश्चिम उडेको सलह पाल्पामा देखिएको छ । रुपन्देही जिल्लाको बुटबल हुँदै पाल्पाका दोभान, सराई र पोखराथोक क्षेत्रमा देखिएको हो ।