श्रमिकको ज्यालादर ५ प्रतिशतले बढ्यो, कसको कति ? (सूचीसहित)

श्रमिकको ज्यालादर ५ प्रतिशतले बढ्यो, कसको कति ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— काठमाण्डुमा श्रमिकहरुको दैनिक ज्यालादर वृद्धि गरिएको छ । उपत्यकाका श्रमिकको ज्यालादर ५ प्रतिशतले बढाएर ७ सय ९० पुर्याइएको हो । यसअघि श्रमिकको दैनिक ज्याला ७ सय ५० थियो ।

काठमाण्डु जिल्ला अधिकारी काली प्रसाद पराजुलीको अध्यक्षतामा बसेको आर्थिक वर्ष ०७८/७९ का लागि काठमाण्डु जिल्लाका श्रमिकको ज्याला दर तथा निर्माण सामग्रीको दर रेट निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।

समितिले फोहोर ढल सफा गर्ने श्रमिकको दैनिक ज्यालादर ५५ रुपैयाँ बढाएर एक हजार एक सय २५ रुपैयाँ पुर्याएको छ । दक्ष डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार, बज्रकर्मीसहित प्लम्बर, ढुंगा र काठमा बुट्टा काट्ने साधारण मूर्तिकार, चित्रकार र आर्टिस्टको दैनिक ज्यालादर ५० रुपैयाँ दर एक हजार ८० रुपैयाँ पुर्याएको छ ।

यसैगरी सामान लोड गर्ने कामदारको हकमा एक सय केजीको २३ रुपैयाँ पुर्याइएको हो । यसअघि २१ रुपैयाँ ५० पैसा रहेको थियो ।