सल्यानमा विप्लवका दुई कार्यकर्ता पक्राउ

सल्यानमा विप्लवका दुई कार्यकर्ता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान – सरकारद्धारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । शारदा नगरपालिका १५ ठानुमारेमा सिलिन्डर बम विस्फोट गराएको आशंकामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ४० वर्षीय गिरदल बोहरा र २१ वर्षीय सेजन चन्द रहेका छन् । उनीहरूलाई मोख्ला बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार राति विप्लव समूहले ठानिमारेमा मसाल जुलुसका साथै सिलिन्डर बम विस्फोट गराएको थियो ।