सलमानको ‘भारत’ ले कमायो पहिलो दिनमै ४२ करोड


एजेन्सी – बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘भारत’ जून ५ अर्थात् मा इदको अवसरमा प्रदर्शन भैसकेको छ । चलचित्र प्रदर्शन भएकै दिन सलमानका फ्यान तथा समीक्षकले ‘भारत’ सलमानको अहिलेसम्मकै उत्कृष्ट फिल्म रहेको बताएका छन् ।

यही सन्दर्भमा चलचित्रको पहिलो दिनको कमाइ पनि सार्वजनिक भएको छ । ‘भारत’ ले पहिलो दिनमा नै ४२.३० करोड भारु कमाउँदै सलमान खानको करियरमै सर्वा्धिक कमाइ गर्ने चलचित्र बनेको छ ।

यस अघि सन् २०१५ मा रिलिज भएको चलचित्र ‘प्रेम रतन धन पायो’ ले पहिलो दिनमा ४०.३५ भारतीय रुपैयाँ करोड कमाएको थियो । त्यस्तै ‘टाइगर जिन्दा हे’ ले ३४.१० करोड भारतीय रुपैयाँ र ‘सुल्तान’ ले ३६.५४ करोड भारतीय रुपैयाँ कमाएका थिए ।

सलमान खानको ‘भारत’ चलचित्र बलिउडमा अहिलेसम्मकै सर्वा्धिक कमाइ गर्ने दोस्रो ठूलो ओपनर बनेको छ । यस्तै सन् २०१९ मा पहिलो दिनमा सर्वा्धिक कमाइ गर्ने चलचित्रको रुपमा भारत बनेको छ ।

चलचित्र ‘भारत’ ले सलमानको स्टारडम अहिले पनि पहिलेझैँ कायम रहेको कुरालाई प्रमाणित गरिदिएको छ । समीक्षकहरुले आईसीसी क्रिकेट विश्व कपले सलमानको यो चलचित्रको व्यापारलाई प्रभावित गर्न सक्ने अनुमान गरेका थिए ।

चलचित्र ‘भारत’ मा सलमान खानको एउटा डायलगः ‘यो सिंह बूढो अवश्य भएको छ तर शिकार गर्न अझै बिर्सिएको छैन’ भन्ने कुरा सलमानको वास्तविक जीवनमा पनि लागू भएको चर्चा पनि भैरहेको छ ।

सलमानसँगै चलचित्रमा अभिनेत्री कट्रिना केफ, सुनील ग्रोवर, दिशा पाटनी, ज्याकी श्राफको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement