सलमान खानलाई मुम्बइ प्रहरीले दियो ‘गन लाइसेन्स’


एजेन्सी – बलिउड अभिनेता सलमान खानलाई मुम्बइ प्रहरीले हतियार राख्नका लागि लाइसेन्स दिएको छ । सलमानले केही दिनअघिमात्रै आत्मरक्षाको लागि भन्दै हतियार राख्ने अनुमति माग गरेका थिए ।

उनले आत्मरक्षाको लागि भन्दै हतियार राख्ने अनुमति माग गरेपछि प्रहरीले खानलाई लाइसेन्स दिएको हो । गत ५ जुनमा सलमानलाई ज्यान मार्ने धम्की आएको थियो ।

उक्त धम्की आएपछि सुरक्षालाई मध्यनजर गर्दै सलमानले आफ्नो कारलाई पनि ‘अपग्रेड’ गराएका छन् । उनले आफ्नो ल्याण्ड क्रुजर कारलाई बुलेटप्रुफ बनाएका छन् र गाडीमा आर्मर लगाएका छन् । कारको सिसालाई पनि बुलेटप्रुफ बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement