सलमान खानको शो रोक्ने विप्लवको चेतावनी, भारतमा तरंग


काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बलिउड नायक सलमान खान सहभागि हुन लागेको शो रोक्ने चेतावनी दिएको छ।

टुँडीखेलस्थित सैनिक मञ्चमा फागुन २६ गते हुन लागेको द ब्याङ्ग द टुर’ मा सहभागी हुन सलमान नेपाल आउँदैछन्।

तर, नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले विज्ञप्ति जारी गरी भारतीय कलाकार ल्याई कार्यक्रम आयोजना गर्न लागिएको प्रति अखिल नेपाल जनसांस्कृतिक महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

‘नेपालीहरु राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन् भनेर जाँच्ने भित्री उद्देश्यले भारतीय कलाकार काठमाडौं उतार्ने योजना अन्तरगर्न हुन लागेको ‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक योजना अन्तरगतको सांस्कृतिक कार्यक्रम तत्काल खारेज गर्न माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

कलाकारको हिसाबमा उनको नेपाल आउजाउमा कुनै अवरोधको नीति नरहेको भन्दै विज्ञप्तिमा प्रतिव्यक्ति ३० हजार रुपैयाँको टिकट काट्ने कार्यले नेपाली अर्थतन्त्रलाई समेत प्रभावित पार्ने जिकिर गरिएको छ।

‘जबरजस्तिरुपमा कार्यक्रम गरिए आइपर्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने,’ विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिसँगै भारतमा समेत तरंग पैदा भएको छ। भारतीय अखबार हिन्दूस्तान टाइम्सको अनलाइन पोर्टलमा समेत यो समाचारलाई महत्वका साथ प्रकाशन गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement