मलाई बच्चा चाहिएको हो आमा होइन– सलमान खान


एजेन्सी – बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘भारत’ इदको मेसोमा बुधबारबाट संसारभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्मलाई समीक्षकले राम्रो रेटिङ दिएका छन् । दर्शकले पनि फिल्म निकै रुचाएका छन् । अली अब्बास जफरले यसको निर्देशन गरेका हुन् ।

रिलिजपूर्व सलमानले फिल्मको प्रचारमा कुनै कमी हुन दिएनन् । फिल्म प्रचारको क्रममा सलमानले प्रायः विवाहको प्रश्न सामना गर्दै आउनु परेको छ । उमेरले ५२ वर्ष भइसकेका उनले यसपटक भने ‘विवाह कहिले गर्ने ?’ भन्ने प्रश्नको निकै अनौठो जवाफ दिएका छन् । उनले आफूलाई विवाह गर्ने मन नभएको, तर बच्चाको इच्छा भने भएको बताए ।

उनी भन्छन, ‘मलाई बच्चा चाहिएको छ, तर उसको आमा होइन । र, बच्चाको रेखदेख कसरी गर्ने भन्नेबारे म सोचिरहेको छु ।’ सलमान आफू विवाहभन्दा कुनै मित्रतामा बढी खुसी रहने बताउँछन् । उनले अगाडि भने, ‘म विवाह गर्दिनँ किनकि विवाह जस्तो व्यवस्थामा अहिले केही बचेको छैन । आजभोली विवाह नै गर्नुपर्छ भन्ने सोच हराउँदै गएको छ ।’

केही दिन अगाडि मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा सलमानले विवाह नगरि पिता हुने इच्छा व्यक्त गरेका थिए । उनले भनेका छन, ‘मलाई बच्चा चाहिएको छ, तर बच्चासँग आमा आउँछिन् भने मलाई आमा चाहिएको छैन । मसँग बच्चाको रेखदेखका लागि एक पूरा गाँउ छ । यसकारण सबैको खुसीका लागि म यसबारेमा सोच्दैछु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement