समाजवादको नयां युगमा सांस्कृतिक पर्वको विशेष महत्व : अध्यक्ष प्रचण्ड

समाजवादको नयां युगमा सांस्कृतिक पर्वको विशेष महत्व : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेकपाले दशैं तिहार र छठ पर्वको अवसरमा शनिबार राजधानीको भृकुटीमण्डपमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको समेत बताए।

मुलुक नयाँ युगतिर जाने भनेर संविधानमा नै उल्लेख गरिएको स्मरण गर्दे उनले सम्वृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सन्दर्भमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व रहेको बताए। उनले सांस्कृतिक पर्वले समाजमा जिवन्तता प्रदान गर्ने उल्लेख गरे।

चियापान समारोहमा नेताहरु माधव कुमार नेपाल, बामदेव गौतम, सुवास नेम्वाङ्ग, पम्फा भुसाल, राम बहादुर थापा वादल लगातको उपस्थिति रहेको छ । प्रधानमन्त्री एव पार्टी अध्यक्ष केपी ओली अपरान्ह ३ बजे पछि चियापान समारोहमा उपस्थित हुने कार्यक्रम छ। अहिले सम्म नेकपा कै नेता कार्यकर्ता मात्रै रहेको चियापान समारोहमा ३ बजे पछि प्रमुख प्रतिपक्षी दलका नेता र कुटनीतिक नियोगका अधिकारीहरु सहभागी हुने कार्यतालिका रहेको छ।