समाजवादी मोर्चाले आज सन्देश सभा विराटनगरमा गर्दै


काठमाण्डु- समाजवादी मोर्चाले आज विराटनगरमा सन्देश सभा गर्ने भएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आवद्ध समाजवादी मोर्चाले आज दिउँसो विराटनगरमा सन्देश सभा गर्न लागेको हो ।

सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement