यी हुन् समाजवादी मोर्चाको बैठकका एजेन्डा

यी हुन् समाजवादी मोर्चाको बैठकका एजेन्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- समाजवादी मोर्चाले आगामी कार्यक्रम र योजनालाई अन्तिम रूप दिन सचिवालयको बैठक बोलाएको छ । आज दिउँसो ४ बसे बस्ने गरि चार दल आवद्ध समाजवादी मोर्चाले सचिवालय बैठक बोलएको हो ।

सातै प्रदेशमा बृहत् अन्तरक्रिया गर्नको लागि कार्यक्रमको कार्यसूची, मिति घोषणा, भित्ते लेखन, ब्यानर प्रचार, मुखपत्र लेखन लगायत विषय टुंगो आजको बैठकले गर्ने जनाइएको छ । त्यस्तै बैठकले मोर्चामा सहभागी हुन एमालेसहित वामपन्थी दलहरूलाई आग्रह गर्ने स्रोतले बताएको छ ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको शीर्ष नेताको बैठकमा काठमाण्डुसहित सातै प्रदेशमा बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।