काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) पार्टीले केन्द्रीय समिति र आयोगका सदस्य टुंग्याउन कार्यदल गठन गरेको छ ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको हो ।
पार्टीको दशौं राष्ट्रिय महाधिवेशन तीन नेताको पद टुंग्याएर सकिएपछि अघिल्लो समितिका पोलिटब्यूरो सदस्यहरूलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय बमोजिम अहिले समाजवादीको केन्द्रीय समितिमा ९३ जना सदस्य छन् । बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउन कार्यदल बनाइएको हो ।
पार्टीले केन्द्रीय समितिको अर्को बैठक १८ साउनमा बोलाएको छ ।
प्रतिक्रिया