एकीकृत समाजवादी उपसभामुख इन्दिराको पक्षमा उभिने

एकीकृत समाजवादी उपसभामुख इन्दिराको पक्षमा उभिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादी उपसभामुख इन्दिरा राना मगरको पक्षमा उभिने भएको छ ।

बुधवार पार्टी कार्यालय आलोनगरमा बसेको स्थायी कमिटी बैठकले उपसभामुखको पक्षमा उभिने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदहरूले उपसभामुखले राजीनामा दिनुपर्ने बताएका छन् । उपसभामुखको राजीनामा नआए वैधानिक प्रक्रियाबाट हटाउने तयारीमा सत्तारुढ दल रहेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो सांसदलाई राजधानी नछाड्न ‘ह्वीप’ जारी गरिसकेका छन् ।