एकीकृत समाजवादीले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने

एकीकृत समाजवादीले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा (एकीकृत समाजवादी)ले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। बुधवार बसेको पोलिटब्युरो बैठकले अध्यादेश संसदमा निर्णायर्थ पेस भए विपक्षमा मतदान गर्ने बताएको हो ।

विज्ञप्ति जारी गर्दै सरकारले ल्याएका अध्यादेशहरूमा संसदमा पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरेको उल्लेख छ।

‘संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको छ। संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत छ, अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन्,’ ज्वालाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निश्कर्षसहित अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा हाम्रो पार्टीको असहमति र विरोध छ। त्यसैले हाम्रो पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।’

यस्तै, बैठकले बैठकले, पोखरा भ्रमण वर्ष २०८१ को उद्घाटन कार्यक्रममा बेलुन विष्फोट भई घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, पोलिटब्यूरो सदस्य कमरेड विदुरसापकोटा, केन्द्रीय सदस्य कमरेड कमला साउद र केन्द्रीय सल्लाहकार परिषद सदस्य कमरेड शम्भु श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने प्रस्ताव पारित गरेको छ ।

भारतको ओडिसा राज्यको कलिब्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कारबाही गर्न र नेपाली विद्यार्थीहरूलाई सुरक्षाको प्रत्याभूति गर्न एवं छात्राबासमा बस्ने व्यवस्था मिलाउनका लागि कूटनीतिकलगायत आवश्यक पहल गर्न सरकारसँग जोडदार माग गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्य योजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरूलगायतका केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू पारित गरेको छ । पारित एजेन्डाहरू बिहीबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ ।