सरकार नालायक र दमनकारी बन्दै गएको नेकपा एसको निष्कर्ष (बैठकका निर्णयहरु)

सरकार नालायक र दमनकारी बन्दै गएको नेकपा एसको निष्कर्ष (बैठकका निर्णयहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णयहरु सार्वजनिक गरेको छ ।

फागुन ९ र १० गते ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बसेको दोस्रो पूर्ण बैठकले आन्दोलनको कार्ययोजनासहित चारवटा निर्णय पारित गरेको हो ।

बैठकले वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन विभिन्न सुझावसहित पारित गरेको छ।

बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरू, विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक कार्ययोजना र पार्टीका तात्कालिक संगठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल गरेको छ ।  छलफलमा १७६ केन्द्रीय सदस्यले भाग लिएका थिए। केहीले लिखित सुझाव पेश गरेको महासचिव घनश्याम भुसालले बताए।

केन्द्रीय सदस्यहरूबाट प्राप्त सुझावहरूलाई समेटी तात्कालिक कार्ययोजना र अन्य दस्तावेजहरु सम्पादन गर्न र केन्द्रीय कमिटी बैठकमा उठेका सङ्गठनलगायत विषयहरूमा निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको पनि भूसालले जानकारी दिए। केन्द्रीय कमिटी बैठकले समसामयिक विषयमा पार्टीको धारणाका रुपमा २० वुँदे प्रस्ताव पनि पारित गरेको छ।

सरकार नालायक र दमनकारी बन्दै जाने, सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्था रहेको बैठकले निष्कर्ष निकालेको छ। यस्तो अवस्थामा जनताका आधारभूत मुद्दाहरुलाई उठाउँदै जनतामाझ जाने र नेपालको राजनीतिलाई सही दिशामा डोर्‍याउने आन्दोलनको कार्ययोजनाका रूपमा पार्टीको आगामी कार्ययोजना प्रस्ताव पारित गरेको महासचिव भूसालले बताए।