कास्कीबाट समाजवादी पार्टीले धर्मराज गुरुङलाई उठायो

कास्कीबाट समाजवादी पार्टीले धर्मराज गुरुङलाई उठायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – उपनिर्वाचनका लागि समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ बाट धर्मराज गुरुङलाई उठाउने भएको छ । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि पार्टीले आज उमेदवार घोषणा गरेको हो ।

उमेदवारी घोषणा गर्दै गुरुङले सबैलाई समान र सम्मान हुने ऐनकानुन, नियम बनाउन पहल गर्ने, विभेद अन्त्यको प्रयास गर्ने, सुशासन कायम गर्न भ्रष्टचार, कमिशन, ढिलासुस्ती, कालोबजारीको अन्त्यका लागि पहल गर्ने, अवैध सम्पत्ति राष्ट्रियकरण गरी विकासमा लगाउने पहल गर्ने तथा जनताको सेवक बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।