सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधी थपियो

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधी थपियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सुरक्षा योजनामा आवद्ध हुने समयावधी थपिएको छ ।  गत असोज मसान्तसम्म कोषमा सूचिकृत भइसक्नु पर्ने समयमा सोचेअनुसार श्रमिक तथा रोजगारदाता सूचिकृत नभएपछि (एक महिना) कात्तिक १३ देखि मंसिर १३ सम्म लागू हुनेगरी कोषमा सूचिकृत हुन समयावधी थप गरिएको हो ।

ठूलो संख्यामा श्रमिकहरु तथा रोजगारदाता कोषमा सूचिकृत हुन बाँकी रहेकाले समय थप गरिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बौद्दिक तथा शारीरिक श्रम गर्ने श्रमिकहरुको हकहितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको स्पष्ट पारे ।

हालसम्म कोषमा ८ हजार ८ सय १८ रोजगारदाता तथा १ लाख ९ सय ६८ योगदानकर्ता कोषमा सूचिकृत भएका छन् । योगदानकर्ताको ७ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम कोषमा जम्मा भएको छ ।