गठबन्धनमा कटिवद्ध रहन एकीकृत समाजवादीको आनाकानी, लिखित सहमति हुनुपर्ने शर्त

गठबन्धनमा कटिवद्ध रहन एकीकृत समाजवादीको आनाकानी, लिखित सहमति हुनुपर्ने शर्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नयाँ सत्तारुढ गठबन्धन सरकारमा सहभागी भएको नेकपा एकीकृत समाजवादीले कटिवद्ध भई अगाडि बढ्न आनाकानी गरेको छ ।

आज सोमबार सिंहदरबारमा बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिखित सहमति गरे मात्रै राष्ट्रियसभा सदस्य निर्वाचन र विश्वासको मत लिने प्रस्तावमा सहयोग गर्न सकिने जनाएको छ ।

एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भए पनि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न शर्त राखेको छ ।

पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले शर्त पूरा नभए गठबन्धनका उम्मेदवारलाई मतदान नगर्ने स्पष्ट पारे । ‘राष्ट्रियसभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाए मात्रै सहयोग गर्छौं । प्रधानमन्त्रीलाई भनेका केही मागको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी छैन,’ उनले भने, ‘हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रियसभामा भोट दिनसक्छौं र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौं तर उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौं, ठान्दैनौं । उहाँमै भर पर्छ, सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न ।’