काठमाण्डु– नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा जाने मन्त्रीहरुको सूची बुझाएको स्रोतले बतायो ।
नेपालले समाजवादीबाट सांसद विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने सांसदहरुको सुची देउवालाई बुझाएको हुन । समाजवादीको भागमा ६ जना मन्त्री परेको छ ।
नेपालले बुझाएको सुचीमा मेटमणी चौधरी, रामकुमारी झांक्रि, प्रेम आले र जीवनराम श्रेष्ठ रहेका छन् । बांकी एकजना भने किसान श्रेष्ठ वा भवानी खापुगंमध्ये मन्त्री बन्नेछन् ।
सांसद खतिवडाले भौतिक मन्त्रालय पाउने सम्भावना बढी रहेपनि अरुको हकमा भने मन्त्रालय टुंगिनसकेको स्रोतले बतायो ।




प्रतिक्रिया