जागरण अभियानमा समाजवादी मोर्चाले गर्‍यो ३ दिनमा १३ सभा


काठमाण्डु – नेकपा एकीकृत समाजवादीले जागरण अभियान अन्तर्गत ३ दिनमा साना–ठूला गरी १३ सभा गरेको छ ।

झापाबाट सुरु भएको अभियान अन्तर्गत ३ दिनमा साना–ठूला गरी १३ वटा सभाहरू सम्पन्न भएका पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

मंगलबार सिराहा सदरमुकाममा १५० भन्दा बढी व्यक्तिहरू पार्टी प्रवेश गरेका जनाइएको छ ।

मंगलबार सप्तरीको छिन्नमस्ता, सप्तरीको चन्ही, सिराहाको भगवानपुर र सिराहाको सिराहामा भव्य कार्यक्रम सम्पन्न भएका उनले बताए ।

अध्यक्ष माधवकुमार नेपालले काँकडभिट्टाबाट असोज १४ गते शुभारम्भ गरेको अभियान अन्तर्गत झापा, मोरङ, सुनसरी, सप्तरी र सिराहामा कार्यक्रम सम्पन्न भएका छन् । १५ दिने अभियान कञ्चनपुरमा पुगेर सम्पन्न हुने पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement