यस कारण समान्थाले गरिनन् शाहरुखसँग सहकार्य


एजेन्सी – बलिउड अभिनेता शाहरुख खानले हालै आफ्नो फिल्म ‘जवान’को टिजर सार्वजनिक गरे । शाहरुखको यो फिल्मको निर्देशक दक्षिण भारतीय निर्देशक एटली कुमारले गरिरहेका छन् । फिलम आगामी वर्षको ३ जुनमा रिलिज हुनेछ ।

फिल्ममा शाहरुख खानका अलावा नयनतारा, सान्या मल्होत्रा र सुनील ग्रोवरको अभिनय छ । फिल्म हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।

फिल्म निकट स्रोतका अनुसार फिल्मको पहिलो रोजाइमा अभिनेत्री नयनतारा थिइनन् । यो फिल्मका लागि समान्था रुथ प्रभुलाई सम्पर्क गरिएको थियो । तर उनले प्रस्ताव अस्वीकार गरिन् ।

समान्था पति नागा चैतन्यका साथ पारिवारिक योजनामा त्यो समय रहेकाले उनले शाहरुखको फिल्ममा अभिनय गर्न चाहेकी थिइनन् । यहीकारण निर्माताले समान्थाको स्थानमा नयनतारालाई छनोट गरे । अक्टाेबर २०२१ मा समान्था र नागाले सामाजिक सञ्जालमार्फत अलग्गिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement