समानुपातिक सूचीमा कांग्रेस र एमालेले पहिलो नम्बरमा कसलाई राख्यो ?

समानुपातिक सूचीमा कांग्रेस र एमालेले पहिलो नम्बरमा कसलाई राख्यो ?


काठमाण्डु– निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ । हिजो र आज मध्यान्न सम्ममा जम्मा ४ दलले बन्द सूची बुझाएका छन् ।

आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रीय लोकतान्त्रिक पार्टीले बन्दसूची बुझाइसकेका छन् ।

ठुला दलहरुले पनि बन्दसूची बुझाउने तयारि गरेका छन् । कांग्रेस र एमालेले बन्दसूची तयार पारिसकेको छ ।

यस्तैमा कांग्रेसले समानुपातिक सूचीको पहिलो नम्बरमा नेता अर्जुननरसिंह केसीको नाम राखेको छ भने एमालेले गुरु बराललाई पहिलो नम्वरमा राखेको छ ।

कांग्रेस र एमालेले बराल र केसीको नाम खस आर्य क्लस्टरबाट पहिलो नम्बरमा समेटेको हो ।

एमालेको एघारौँ महाधिवेशनमा बराल केन्द्रीय सदस्यमासमेत पराजित भएका थिए भने कांग्रेस नेता केसी अघिल्लो चुनावमा नुवाकोट क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।

यस्तै एमालेबाट पद्मा अर्याल,गोरख बोगटी,शुदा बराल, चण्डेश्वर मण्डल, रामेश्वर रानामगर, भूमिका सुब्बा, कृपाराम राना, मनोहर बि.पौडेल, विष्णु माया बिक,मोहमद गरुण हलुवाई र साजिदा सिद्धिकी समानुपातिक सूचीको पहिलो नम्बरमा समेटिएका छन्।

यद्यपी अहिले बसिरहेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फेरबदल नगरेसम्म यहि सूचीलाई अन्तिम मानिने बताइएको छ । सूचीमा काे काे परे सार्वजनिक हुन बाँकी रहेको छ ।

कांग्रेसले सातै प्रदेशबाट बन्दसूचीका लागि नाम सभापति शेरबहादुर देउवालाई बुझाइसकेको छ ।