समानुपातिकतर्फ पनि रास्वपाले स्पष्ट अग्रता लिँदै

समानुपातिकतर्फ पनि रास्वपाले स्पष्ट अग्रता लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम गरेको छ।

मतगणना जारी रहँदा रास्वपाले आइतबार बिहान ७ बजेसम्म अत्यधिक मत प्राप्त गर्दै अग्रता कायम गरेको छ।

आइतबार बिहानसम्म २३ लाख ७४ हजार ६२६ मत गणना हुँदा रास्वपाले ठूलो मतान्तरसहित अगाडी आएको हो।

अहिलेसम्म रास्वपाले १२ लाख ३ हजार १२४ मत प्राप्त गरेको छ, जुन कुल मतको आधाभन्दा बढी मत हो।

त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली काग्रेसले ४ लाख ४ हजार २३० मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको एमालेले ३ लाख २२ हजार ५०१ मत प्राप्त गरेको छ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले १ लाख ५६ हजार १६६ मत प्राप्त गर्दै समानुपातिक तर्फ चौथो स्थानमा आएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ८८ हजार २३८, श्रम संस्कृति पार्टीले ले ४७ हजार ३४५ मत र राष्ट्रिय परिवर्तन पार्टी समानुपातिक तर्फ ३१ हजार १९० मत प्राप्त गरेको छ। समानुपातिक प्रणालीमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाकी छ ।