साम्बाको उपचारका लागि आवश्यक पहल गरिरहेको एन्फाको भनाई

साम्बाको उपचारका लागि आवश्यक पहल गरिरहेको एन्फाको भनाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को अभिव्यक्तिप्रति अखिल नेपाल फुटबल संघ (एन्फा)ले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

एन्फाले सोमबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो।

साम्बाले आज सामाजिक सञ्जालमार्फत उपचारका लागि आर्थिक सहयोगका लागि अनुरोध गरेकी थिइन्। साम्बाले एन्फाबाट सहयोग नपाएको गुनासो गर्दै शल्यक्रियाका लागि सहयोगको याचना गरेकी थिइन्।

साम्बाको उपचारका लागि एन्फाले परराष्ट्र मन्त्रालयमार्फत आवश्यक पहल गरिरहेको जनाएको छ।

एन्फाले कतार फुटबल संघसँग औपचारिक तथा अनौपचारिक रूपमा समन्वय गरिरहेको र अध्यक्षस्तरबाट समेत पहल भइरहेको जानकारी दिएको छ। साथै परराष्ट्र मन्त्रालयमार्फत आवश्यक सहजीकरणका लागि पत्राचार गरिएको एन्फाले जनाएको छ।

यस्तै साम्बा चोटको कारण पछिल्लो सातादेखि मैदान बाहिर छिन्। खेलकै क्रममा उनको घुँडामा चोट लागेको र त्यससम्बन्धी उपचार प्रक्रिया अघि बढिरहेको एन्फाले स्पष्ट पार्दै व्यावसायिक फुटबलमा कुनै पनि खेलाडी घाइते भए उपचारको जिम्मेवारी सम्बन्धित क्लबको हुने अन्तर्राष्ट्रिय अभ्यास रहेको जनाएको छ।