संविधानको चार वर्ष : बने कानुन तर कार्यान्वयन सुस्त

संविधानको चार वर्ष : बने कानुन तर कार्यान्वयन सुस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- संविधानसभाबाट संविधान जारी भएको चार वर्ष बितिसकेको छ । संविधानले मुलुकलाई संघीयतामा पु¥याएसँगै संविधान कार्यान्वयनका धेरै काम सम्पन्न भइसकेका छन् । संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने प्रायः सबै कानुन बने तर कार्यान्वयनमा भने अझै अन्योलता रहेको विश्लेषकहरू बताउँछन् ।

३ असोज २०७२ मा संविधानसभाबाट नेपालको संविधान पारित भएको थियो । संविधान पारित भएको दिनलाई सरकारले ऐतिहासिक अवसरका रूपमा विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउँदै छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ संविधान जारी भएकै मितिदेखि कार्यान्वयनको सुरुवात भयो । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरेका कारणले पनि यसको महŒव असीमित भएको संविधानविद् निलाम्बर आचार्य बताउँछन् ।

‘संविधान देशको मूल कानुन हो, यसकै आधार र पृष्ठभूमिमा रहेर आवश्यक अन्य कानुन निर्माण गरिने हुनाले पनि यसको महŒव थप प्रस्ट हुन्छ,’ संविधानविद् आचार्यले भने, ‘विगतका संविधानको तुलनामा यस संविधानले बहुलवादी दृष्टिकोणलाई प्राथमिकता दिएका कारणले पनि पृथक रूपमा व्याख्या विश्लेषण गरिँदै आएको छ ।’ याे समाचार राजधानी दैनिकमा छ ।