काठमाण्डु – प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार बिहीबार साँझ ५ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। राष्ट्रपतिबाट रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भए लगत्तै बैठक बोलाइएको हो ।
परिषद्मा प्रधानमन्त्रीसहित ३ जनाको बहुमतबाट निर्णय लिन सक्ने व्यवस्था गरिएको छ। संवैधानिक परिषदमा ६ जना रहन्छन्।
प्रधानन्यायाधीशको सिफारिसलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष हुने व्यवस्था छ। सदस्यहरूमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, विपक्षी दलको नेता, प्रधान न्यायाधीश रहन्छन् ।
हाल प्रधानमन्त्री बालेन शाह छन् भने सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर, विपक्षी दलको नेता कांग्रेसका भीष्मराज आङ्देम्बे छन् । सपना प्रधान मल्ल कायममुकायम प्रधान न्यायाधीश छिन्।




प्रतिक्रिया