संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीश बस्ने कि नबस्ने ? आजै टुंगो लाग्ने

संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीश बस्ने कि नबस्ने ? आजै टुंगो लाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संवैधानिक इजलास गठनका विषयमा दायर भएको रिटको सुनुवाई न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोज कुमार शर्माको इजलासमा परेको छ । प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास गठन गर्ने वा नगर्ने भन्ने विषयमा दायर गरेको रिटको सुनुवाई न्यायाधीश ढुंगाना र शर्माको इजलासमा परेको हो ।

संवैधानिक परिषदले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाईमा प्रधानन्यायाधीश बस्न नमिल्ने विवादपछि अदालतमा मुद्दा परेको थियो ।

न्यायाधीश हरि फुँयालको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेसी तोक्न दिएको आदेश बमोजिम आज पेसी तोकिँदैछ ।

प्रधानन्यायाधीशले सो मुद्दाको शुरु र फैसलाको दिन आफू नबस्ने भनेको भन्दै उक्त निर्णय संविधानविपरित भएको दावीसहित अधिवक्ता गणेश रेग्मीले रिट दर्ता गरेका थिए । आजको फैसलाले संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विषयको टुंगो लगाउने छ ।