संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज पेसी

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज पेसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध रिट सुनुवाइका लागि आज (बुधबार) पेसी छ । सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’मा राखिएको उक्त मुद्दाको पेसी आज तोकिएको हो । वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले अख्तियार प्रमुख प्रेम राई लगायतका ५२ जनाकै नियुक्ति गैरकानुनी भएको भन्दै बदर गर्न माग गर्दै रिट दायर गरेका थिए ।

तर, उक्त मुद्दाको पेसी लामो समयदेखि सर्दै आएको थियो । पछिल्लो समय भने अदालतले यसलाई महत्व दिएर अघि बढाउन खोजेको अर्थमा हेरिएको छ । सर्वोच्चको संवैधानिक इजलासमा फागुन २१ गते रिट निवेदकका तर्फबाट ७ अधिवक्ताले बहस गरेका थिए । दोस्रो दिन पनि बहस नसकिएपछि रिट ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि पेसी तोकिएको हो ।

निवेदकका तर्फबाट २४ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका छन् भने सरकारका तर्फबाट महान्यायाधिवक्ता रमेश बडालसहित १० जनाले बहस गर्नेछन् । यो मुद्दाको सुनुवाई चांडै हुने अपेक्षा गरिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन् ।