संवैधानिक इजलासमा प्रधानन्यायाधीशको विवादः एमिकस क्यूरी पठाउन सर्वोच्चको आदेश

संवैधानिक इजलासमा प्रधानन्यायाधीशको विवादः एमिकस क्यूरी पठाउन सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश हुने वा नहुने भन्ने विषयको टुंगो एमिकस क्युरीको राय लिएरमात्र लगाउने भएको छ ।

शुक्रबार उक्त रिट निवेदनमाथि न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले एमिकस क्यूरीको राय सुनेर मात्रै उक्त मुद्दाको टुंगाउने निर्णय गरेको हो ।

आजको इजलासले एमिकस क्यूरी पठाउन आदेश दिएको छ । इजलासको आदेशअनुसार एमिकस क्यूरीका रूपमा सर्वोच्च अदालत बार र नेपाल बारले दुई/दुई सदस्य पठाउने छन् ।

यसअघि उक्त रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ भएको थियो ।

अधिवक्ता गणेश रेग्मीले संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनुपर्ने दाबी उक्त रिट निवेदनमा गरेका थिए ।