प्रधानन्यायाधीश राउतले गरे संवैधानिक इजलास गठन

प्रधानन्यायाधीश राउतले गरे संवैधानिक इजलास गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा उनीसहित वरिष्ठतम् न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा रहेका छन्।

प्रधानन्यायाधीशले संविधानको धारा १३७ अनुसार आफ्नो संवैधानिक अधिकार प्रयोग गरी चार अन्य न्यायाधीश समावेश गर्दै इजलास गठन गरेका हुन् ।

संवैधानिक इजलासमा हाल २२८ मुद्दा रहेका छन् र यसले अदालतको गरिमा, पारदर्शिता र जिम्मेवारी सुनिश्चित गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ।

‘संवैधानिक इजलास गठनमा कुनै विवाद थिएन, न्यायाधीश नियुक्ति, सरुवालगायतको जरुरी कामका कारणले संवैधानिक इजलास राख्न नसकिएको हो’ प्रधान न्यायाधीश राउतले पत्रकारसँग भने’, ‘संवैधानिक इजलास गठन गर्न संविधानले नै प्रधान न्यायाधीशलाई संवैधानिक अधिकार दिएको छ, त्यही प्रयोग गरेर मैले इजलास गठन गरे ।’

संवैधानिक इजलास गठनका बारेमा धेरै भ्रमहरु फैलाउने भएको उल्लेख गर्दै उनले भने ‘संवैधानिक इजलास गठनको विषयमा संविधानमै स्पष्ट व्यवस्था गरेको छ, अदालतको गरिमा, मर्यादा, पारदर्शी र जिम्मेवार बनाउन लागिरहेको छु ।’