काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्तीका लागि प्रधानमन्त्री अोलीले मंसिर २८ गते आइतबार बालुवाटारमा बैठक बोलाएका हुन् । बैठक बिहान ९ बजे बस्ने स्रोतले जानकारी दियो ।
संवैधानिक पदाधिकारी नियुक्तीका विषयमा दलहरुबीच सहमति हुन सकेको छैन् । प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन नसक्दा संवैधानिक पदाधिकारी नियुक्तीको विषय अलपत्र परेकाे छ ।
अहिले बिभिन्न संवैधानिक निकायहरुमा प्रमुख तथा सदस्य गरी ४५ पद रिक्त छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त, निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, समावेशी आयोगलगायतका आयोगमा अध्यक्ष र आयुक्तको पद रिक्त रहेको छ ।




प्रतिक्रिया