संवैधानिक नियुक्तिविरुद्धका रिटमाथिको सुनवाई हुँदै

संवैधानिक नियुक्तिविरुद्धका रिटमाथिको सुनवाई हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध परेको रिटमा आज सुनवाई हुँदै छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत  संवैधानिक परिषदको बैठकसम्बन्धी नियम सच्याएका थिए । नियम सच्याए पछि  विपक्षी दलका नेता र सभामुखको उपस्थितिबिना नै अख्तियार, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा नियुक्ति भएको थियो ।

अध्यादेश विरुद्ध बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । लामो समयदेखि सो मुद्दामा सुनवाई हुन सकेको थिएन । रिट निवेदकले अध्यादेश खारेज गरेर सो अध्यादेशका आधारमा गरिएका नियुक्ति बदर गर्न माग गरेका छन् । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा गठित इजलासमा दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा रहेका छन् ।