काठमाण्डु – वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरालाई बिदामा बस्न आग्रह गरेका छन् ।
आइतबार संसद विघटनका विषयमा संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता थापाले प्रधानन्यायाधीश राणालाई इजलासमा नबस्ने हो भने बिदामा बस्न आग्रह गरेका हुन् । प्रधानन्यायाधीश राणाले मेरो के हुन्छ ? भन्दै प्रश्न गरेका थिए ।
‘प्रधानन्यायाधीश श्रीमानले मेरो के हुन्छ भनेर सोध्नुभएको थियो,’ उनले भने, ‘विकल्प छ, बेन्चमा नबस्ने हो भने लिभ (बिदा)मा बस्न सक्नुहुन्छ ।’
त्यस्तै कानुन व्यवसायीहरुले न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई बेन्चमा राख्न नहुने तर्क गरेपछि प्रधानन्यायाधीश न्यायाधीश छान्ने अधिकार अरुलाई नभएको बताए । उनले कानून व्यवसायीहरुले उठाएका तथ्य संविधानमा आधारित हुनुपर्ने बताए ।
‘तपाईहरुलाई न्यायाधीश छान्ने अधिकार छैन,’ जबराले भने, ‘तपाईंहरुले उठाएको कुरा तथ्य, कानुन र संविधानमा आधारित हुनुपर्छ ।’




प्रतिक्रिया