प्रधानमन्त्रीले संविधानभन्दा बाहिरको अधिकार प्रयोग गरेर संसद विघटन गर्नुभयोः शम्भु थापा


काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आज पनि बहस भइरहेको छ । आज वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरिरहेका छन् ।

बहसका क्रममा अधिवक्ता थापाले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संविधानभन्दा बाहिर गएर संसद विघटन गरेको बताए । उनले प्रधानमन्त्रीले संविधानभन्दा बाहिरको अधिकार प्रयोग गरेकाले कहाँको अधिकार हो त्यो देखाइदिनुपर्‍यो ? भन्दै प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरालाई प्रश्न गरेका थिए ।

उनले भने, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभामाथि रिभेन्ज लिनुभयो । प्रधानमन्त्रीले संविधानभन्दा बाहिरको अधिकार प्रयोग गर्नुभयो । कहाँको अधिकार हो त्यो देखाइदिनुपर्‍यो ।’

उनले संसदले प्रधानमन्त्री दिन नसकेको अवस्थाबाहेक प्रतिनिधिसभा विघटनको व्यवस्था नभएको बताए ।

अधिवक्ता थापाले भने, ‘उहाँलाई अविश्वासको प्रस्ताव नै छैन । धारा ९३ मा अधिवेशनको आह्वान र अन्त्य मात्रै छ । पहिले यही धारामा आह्वान, अन्त्य र विघटन हुने व्यवस्था थियो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement