संविधान संशोधन विधेयक संसद सचिवालयले कार्यसूचीमा राख्यो

संविधान संशोधन विधेयक संसद सचिवालयले कार्यसूचीमा राख्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रतिनिधि सभामा आज संविधान संशोधन विधेयक पेस गर्ने भएको छ । संसद सचिवालयले निशान छापमा नेपालको कालापानी, लिपुलेख र लिम्पियाधुरासहितको नयां नक्सा राख्न संविधान संशोधन विधेयक संसदको कार्यसूचिमा राखेको छ ।

यसअघि पनि संसदको कार्यसूचीमा संविधान संशोधनको विद्येयक राखिएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समय माग गरेपछि कार्यसुचीबाट हटाइएको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय वैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। यससंगै संविधान संशोधनका लागि सरकारलाई आवश्यक पर्ने दुई तिहाइ मत निश्चित भएको छ। नेपाली कांग्रेसका ६३ जना सांसद रहेका छन् ।

मधेष केन्द्रित पार्टीहरुले भने संविधान संशोधनबारे अहिलेसम्म आधिकारीक धारणा बनाउन सकेका छैनन् । आज विद्येयक संसदमा पेश भएसंगै सार्वजनिक जानकारीका लागि राजपत्रमा प्रकाशित हुनेछ ।