नराम्रो समाचार लेख्नेविरुद्ध समीक्षाले दिइन् जाहेरी

नराम्रो समाचार लेख्नेविरुद्ध समीक्षाले दिइन् जाहेरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गायिका समीक्षा अधिकारीले आफूविरुद्ध नराम्रो समाचार लेखेर सम्प्रेषण गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता गरेकी छन् । उनले आफूबारे नकारात्मक समाचार बनाएर मानसिक यातना दिएको आरोप लगाएकी छन् ।

समीक्षाले आइतबार जिल्ला प्रहरी कार्यालय कास्की पुगेर आफ्नो विषयमा नराम्रो कुरा लेखी समाचार सम्प्रेषण गर्नेहरुको खोजतलास गरी कारबाहीको माग गर्दै निवेदन दिएकी हुन् ।

‘विभिन्न अतिरञ्जित कुराहरु लेखी हुँदै नभएका कुराहरु, विनाप्रमाण, विभिन्न समाचारहरु प्रेषित गरी फेसबुक पेजबाट मेरो इज्जत, प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखी पोष्ट गरेका व्यक्तिहरु खोजतलास गरी कानूनी कारबाही गरी पाउँ र उक्त आईडीहरु बन्द गराइ पाउँ भनी श्रीमानसमक्ष यो निवेदन लेखी पेश गरेको छु’, निवेदनमा भनिएको छ ।

उनले ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेका फेसबुक पेजविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् ।