समीक्षा अधिकारी भन्छिन् – तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु


काठमाण्डु- गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा एउटा भावुक स्टाटस लेखेकी छन् । बिहीबार बिहान आफ्नो भेरिफाइड फेसबुक आईडीमा जिन्स आउटरसहितको ताजा तस्वीर राख्दै भावुक स्टाटस लेखेकी हुन् ।

अधिकारीको फेसबुक स्टाटस :
‘तिमीलाई माया गर्छु र त मर्न सक्छु मार्न सक्छु, तिम्रो लागि आफैलाई  दु:खमा पार्न सक्छु ।

तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म ,त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु’

उनको सो पोस्टमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले विभिन्न टिकाटिप्पणी गरेका छन् । अधिकारीको यो स्टाटस आगामी गीतको अंश हो की भनेर पनि आकंलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement