चारवटा संसदीय समितिको बैठक बस्दै

चारवटा संसदीय समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सङ्घीय संसद् अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।

जसअन्तगर्त शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक १२ः३० बजे बस्ने छ । सिंहदरबारमा बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्ने छ ।

बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ । यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने बताइएको छ ।

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा नेपालको अधिकांश ग्रामीण क्षेत्रमा बाँदर, बँदेल, दुम्सी, निलगाई लगायत जंगली जनावरबाट कृषि बालीमा भइरहेको क्षति, मानव बस्तीमा भइरहेको अतिक्रमण र बाघ, भालु, हात्तीलगायतका जनावरको आक्रमणबाट मानिसको ज्यानै लिने गरी मानव जनधनमा भइरहेको क्षतिका सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ ।

त्यसैगरी, पूर्वाधार विकास समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा जलस्रोत विधेयक, २०८१ मा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।