दार्चुलामा समाजवादीलाई पाखा लगाउँदै कांग्रेस र माओवादीले गरे चुनावी भागबण्डा

दार्चुलामा समाजवादीलाई पाखा लगाउँदै कांग्रेस र माओवादीले गरे चुनावी भागबण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलामा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पाखा लगाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबण्डा टुंग्याएका छन् ।

३० वैशाखमा तय भएकाे स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दलका कांग्रेस र माओवादीबीच भागबण्डामा सहमति भएकाे हाे । सहमति अनुसार दार्चुलाका ९ वटा स्थानीय तहमध्ये पाँच वटामा कांग्रेस र चार वटामा माओवादी केन्द्रले प्रमुख पद पाउने भएका छन् ।

दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन् । कांग्रेसले दुई नगरपालिका र तीन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ । बाँकी चार गाउँपालिका अध्यक्ष माओवादीले उम्मेदवार पाउने माओवादी केन्द्र दार्चुलाका समन्वय समिति सचिव प्रेमराज पन्तले जानकारी दिए ।

कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकामा प्रमुख पदमा उम्मेदवार उठाउनेछ । माओवादीले मार्मा, अपी, नौगाड र लेकम गाउँपालिकामा प्रमुख पाउनेछ ।

६१ वडामध्ये ४४ मा कांग्रेस र १७ वडा माओवादीले पाएकाे छ । गठबन्धनकै अर्काे दल एकीकृत समाजवादीलाई भने वडा सदस्यमा आवश्यकताका आधारमा भागबण्डा दिने तय गरिएको छ ।

२०७४ काे निर्वाचनमा दार्चुलामा कांग्रेसले पाँच, एमालेले तीन र माओवादीले एक स्थानीय तह जितेको थियो ।