चिनिया राष्ट्रपति सीको विरोध गर्ने आशंकामा समाजवादी पार्टीकी नेतृ पक्राउ

चिनिया राष्ट्रपति सीको विरोध गर्ने आशंकामा समाजवादी पार्टीकी नेतृ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी पार्टीकी नेतृ सुनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा विरोध प्रदर्शन गर्ने आशंकामा उनलाई सप्तरीबाट पक्राउ गरिएको हो ।

महनागरीय प्रहरी वृत कमलपोखरीले नेतृ साहलाई पक्राउ गर्न निर्देशन दिए अनुसार नै उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाँईले बताए । अभद्र व्यवहार गरेको आरोपमाउनी विरुद्ध कमलपोखरी प्रहरी वृतमा मुद्दा दर्ता गराएको थियो । सोही मुद्दा उनलाई पक्राउ गर्न पुर्जी जारी भएपछि पक्राउ गरिएको हो ।

चीनका विदेशमन्त्री वाङ यी भदौको तेस्रो साता नेपाल आउँदा काठमाडौंस्थित चीनको दूतावास अगाडि भएको प्रदर्शनमा साह पनि सहभागी थिइन् । २३ भदौमा चीनका विदेश मन्त्री आउँदा विवाह गर्ने बहानामा नेपाली महिलालाई चीन लगेर दुव्र्यबहार गरिरहेको भन्दै प्रदर्शन गरिएको थियो ।

उक्त प्रदर्शनमा सहभागी साहसहित १० जनाबिरुद्व अभद्र व्यहारको मुद्दा चलाइएको थियो । सोही घटनालाई लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाए पनि चीनका राष्ट्रपतिको भ्रमणको बेला प्रदर्शन गर्न सक्ने आशंकामा उनलाई पक्राउ गरिएको छ ।

उनलाई काठमाडौं पठाउने तयारी भइरहेको छ । आइतवार वा सोमवार काठमाडौं पठाउने एसपी प्रसाईले बताए । नेतृ साह समाजवादी पार्टीको प्रदेश २ को कार्यसमितिका सदस्य हुन् । उनले आफ्ना फेसबुकमार्फत पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणको विरोध गरेकी छन् ।