काठमाण्डु – सम्झना कामीको बलात्कार–हत्या आरोपी राजेन्द्र बोहराको सुरक्षामा खटिएका ३ जना प्रहरीलाई निलम्बन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बोहराको सुरक्षाका लागी अस्पतालमा खटिएका एकजना हवल्दार र दुईजना जवानलाई निलम्बन गरेर घटनाको छानविन गर्न जिल्ला प्रहरी कार्यालय डोटीलाई निर्देशन दिएको हो ।
बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा बोहरालाई पुर्पक्षका लागि डोटी स्थित बालसुधार गृहमा राखिएको थियो । उनलाई कोरोना भाइरस रिपोर्ट पोजेटिभ देखिएपछि जिल्ला अस्पतालमा डोटीको आइसोलेशनमा भर्ना गरिएको थियो ।
उनी सुरक्षाघेरा तोडेर बिहीबार राति करिब १०ः३० बजे भागेका थिए । सोही घटनाबारे छानवीन गर्न उनीहरुलाई निलम्बन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।




प्रतिक्रिया