भ्रष्टाचारी देखि नेतासम्मले पाए राष्ट्रपतिबाट ‘संविधानसभा पदक’

भ्रष्टाचारी देखि नेतासम्मले पाए राष्ट्रपतिबाट ‘संविधानसभा पदक’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले संविधान निर्माणमा योगदान पुर्याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट सम्मान गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विषेश कार्यक्रम आयोजना गरी संविधानसभा पदकबाट सम्मान गरेकी हुन् ।

संविधान सभा पदक पाउनेहरु २०६४ र २०७० मा भएका दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासद छन् । पदक पाउनेमध्ये एक नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिपछि प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्रीहरूलगायतको नाम वरियताका आधारमा राखिएको छ ।

त्यस्तै पदक पाउनेको सुचीमा भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्रीद्वय टेकप्रसाद गुरुङ, बद्री न्यौपाने पनि रहेका छन् । हाल प्रतिबन्धित ’विप्लव’ नेतृत्वको नेकपाका तीन नेताले पनि यो पदक पाउने भएका छन् । विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा, सन्तोष बुढा मगर र उमा भुजेल पदक पाउने सुचीमा छन् ।

पदक वितरण कार्यक्रम बिहीबार बिहान सुरु भएर अपराह्न ५ बजेसम्म चल्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।