अखिल क्रान्तिकारीको सम्मेलन असोजमा

अखिल क्रान्तिकारीको सम्मेलन असोजमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन आगामी असोजमा हुने भएको छ । केन्द्रीय समितिको भर्चुअल बैठकले ‘शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितताका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औँ राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ असोज ८ देखि १० गतेसम्म सम्मेलन काठमाण्डुमा गर्ने निर्णय गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

यसका लागि विभिन्न १० उपसमितिसमेत गठन गरिएको छ । मूल व्यवस्थापन तथा प्रतिवेदन लेखन उपसमिति संयोजक रन्जित तामाङ, प्रचार तथा प्रसार उपसमिति उपाध्यक्ष बस्नेत, आर्थिक उपसमिति पञ्चा सिंह, अतिथि व्यवस्थापन उपसमिति दीपक देवकोटा, प्रतिनिधि चयन तथा अभिलेखीकरण उपसमिति तिलकराज भण्डारी, मेस व्यवस्थापन उपसमिति विजय गौतम, विधान संशोधन उपसमिति उत्तम अधिकारी, स्वास्थ्य उपसमिति दीपेश पुन, स्वयम्सेवक उपसमिति इन्द्र भुसाल र प्राविधिक उपसमिति रविकिरण यादव रहेका छन् ।