काठमाण्डुमा एकल प्रदर्शन गर्दै हर्क साम्पाङ

काठमाण्डुमा एकल प्रदर्शन गर्दै हर्क साम्पाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को आम निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर्न माग गरेका छन् ।

हाल काठमाण्डुमा रहेका मेयर हर्कले एकल प्रदर्शन गर्दै २०८४ को आम निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर्न माग गरेका हुन् ।

उनले ‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर एकल प्रदर्शनमा गरेका थिए ।मेयरले प्रधानमत्री, उपप्रधान तथा गृहमन्त्री, अर्थमन्त्री, खानेपानीमन्त्री र शिक्षामन्त्रीलगायतलाई भेट गरेर धरानका समस्याको बारेमा अवगत गराउदै बजेटमा व्यवस्था गर्न माग गरेका छन्।